आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८८६ पुग्यो

Posted on: 27 May, 2020

जेठ १४, काठमाडौँ | नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ  । 

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!