दाईले कुटपीट गरी घर निकाला गरेपछि पूर्ण शारीरिक अपाङ्ग भाईको बिचल्ली

Posted on: 20 Jul, 2016

ललित बोहरा, साउन ५, डडेल्धुरा । डडेल्धुरा  जिल्लाको पर्शुराम नगरपालीका ५ बस्ने जय बहादुरको बागलाई आफ्नौ दाईले कु्टपीट तथा मानसीक यातना दिई घर निकाला गरेपछि बिचली भएको छ ।

२०६६ सालमा भिरबाट खसेर शारिरीक रुपमा पूर्णअपाङग भएका भाई जयरामलाई दाई करे बागले जग्गा जमीनको भाग हिँसा केही पनी नदिई निकालेको बताए छन ।

घर निकाला गरेको करीब ३ महिना सम्म आफन्तको छाप्रोमा बसेको र अहिले उसले पनी बिभिन्न बहानामा छाप्रोबाट हटा्रईसकेको बताएका छन् । बुवा गुमाई सकेका उनले बुवाले बनाउकोे घरमा बस्न पाउ भनी जिल्ला अपाङग कल्याण समीतीको सहयोगमा जिल्ला अदालत डडेल्धुरामा मुद्धा दायर गरेका छन ।

उनका दाई करे बागले लामो समय देखी ७४ बर्षीय आमा झङकरी देबी बागलाई समेत कुटपीट गरेर आमालाई पनी घरबाट निकालेको बताएका छन ।   ७४ बर्षीय  आमा झङकरी देबी भन्नी पहीले देखी नै माईलो छोराले मानसीक र शारिरीक यातना दिदै आएको र आफनो कान्छो छोरा अपाङग भएकोले यसलाई बस्ने बास खोज्न तथा जग्गाको हिसाँ पाउ भनी अदालतमा मुद्धा दायरको जानकारी दिनु भयो ।  

अदालतले इलाका प्रहरीमा निबेदन गर्नु पर्ने भनेपछि  उनीहरुलाई ईलाका प्रशासन कार्यालय जोडबुडा जान सहयोग गरी दिनु जिल्ला स्थिर सरोकारवालाहरुलाई आग्रहका लागी गरीएको पत्रकार सम्मेलनमा बताए ।  

शारिरीक रुपमा पूर्णअपाङग जय राज बाघको क बर्गको अपाङग परिचयपत्र भएपनी यो बिभिन्न प्रक्रिया समय लागेको र महिनाबाट मात्र भात्ता मिल्ने ब्यबस्था मिलाएको जिल्ला जिल्ला अपाङग कल्याण समीती डडेलधुराले जनाएको छ । उनलाई आमाले हेरचाह गर्ने गरेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!