आमाको हत्यापछि युवकद्वारा आत्महत्या

Posted on: 28 May, 2020

जेठ १५, विराटनगर । सामान्य विवादमा आमाको हत्या गरी एक युवकले बिहीबार आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् ।

खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा प्रहारका कारण आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

आमाको हत्यापछि ति युवकले आफ्नै घाँटी रेटेरका थिए । गम्भीर घाइते अवस्थामा रहेका लिम्बुलाई स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।

आमालाई इटा प्रहार गरी घरबाट निस्किएका जीवनले छिमेकीको भान्साबाट चक्कु निकालेर आफ्नो घाटी रेटेको प्रहरीले जनाएको छ । घटनालगत्तै पुगेको प्रहरीले उपचारका लागि जीवनलाई अस्पताल पुर्‍याएको थियो ।प्रारम्भिक अनुसन्धानबाट हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको  प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!