सुस्तामा ११ जनामा आरडिटि पोजेटिभ

Posted on: 30 May, 2020

श्याम थापा | जेठ १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । सुस्ताको ७ स्थानमा रहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु मध्ये ९१ जनाको र्यापिड टेष्ट गर्ने क्रममा ११ जनामा आरडिटि पोजेटिभ देखिएको हो । क्वारेन्टाईनमा १४ दिन सम्म पूरा बसिसकेका ब्यक्तिहरुलाई र्यापिड टेस्ट गर्दा ११ जना पुरुषमा पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिनेमा सुस्ता १ को राष्ट्रिय मा बि छिबनी क्वारेन्टाइनमा ११ जनालाई र्यापिड टेस्ट मध्ये १ जनामा पोजेटिभ,सुस्ता २ को युनाइटेड एकाडेमी क्वारेन्टाइनमा १२ जनाको र्यापिड टेस्ट मध्ये ४ जनाको पोजेटिभ,सुस्ता ३ को नारायणी गण्डकी आधारभुत बिधालय पथरकला क्वारेन्टाइनमा २२ जनाको र्यापिड टेस्ट मध्ये २ जनामा पोजेटिभ,सुस्ता ४ को नेपाल राष्ट्रिय मा बि नर्सही क्वारेन्टाइनमा २० जनाको र्यापिड टेस्ट मध्ये २० जनाको नेगेटिभ देखिएको छ भने सुस्ता ५ पक्लिहवाको बेलवानी क्वारेन्टाइनमा ५ जना र्यापिड टेस्ट मध्ये १ जनामा पोजेटिभ र शिव गङ्गा प्रा बि क्वारेन्टाइनमा २१ जनामा र्यापिड टेस्ट मध्ये ३ जनामा पोजेटिभ देखिएको छ ।

र्यापिड टेस्टमा पोजेटिभ देखिएका ११ जनाको स्वाब संकलन गरि आइतबार पिसिआर परिक्षणका लागी पठाईने जिल्ला स्वास्थ कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनु भएको छ ।

पछिल्लो समय सुस्तामा ४० जनाको स्वाब संकलन गरि पिसिआर नमुना परिक्षणका लागी पालिकाबाट स्वाब पठाएको छ भने पिसिआर रिपोर्ट आउन बाँकि रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ढकालले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!