नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

Posted on: 01 Jun, 2020

जेठ १९, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । गाडीमा रहेका अन्य २२ जना घाइते भएका छन् । 

भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । उक्त गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । 

उक्त फोर्समा सवार ११ जनाको मृत्यु भएको छ भने चार–पाँच जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!