संखुवासभामा हरियो चुराको कारोबार बढ्यो

Posted on: 21 Jul, 2016

योगेन्द्रकुमार जोगी/साउन ६, संखुवासभा । साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरिया र पहेंला चुराहरुको कारोबार बढेको छ । 

विषेशगरी साउन महिनामा लगाइने हरियो, पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो । अहिले सदरमुकाम खाँदबारीतथा जिल्लाका मुख्य बजारहरु चैनपुर, बाह्रबिसे

बजार, तुम्लिङ्टार बजार लगायतका कस्मेटिक पसलहरुमा हरियो चुराको व्यापार बढेको स्थानीय व्यापारीहरुलेबताएका छन् । 

साउन महिनामा बालिका, युवती, अधबैंसे नारी, बृद्ध महिला सबैले हरियो चुरा लगाउने गर्छन् । विवाहिताले श्रीमानको लामो आयु र अविवाहितले राम्रो श्रीमान पाउँ भन्ने कामना सहित हरियो

चुरा लगाएको स्थानीय कुमारी श्रेष्ठले बताइन । 

साउन महिनामा जताततै हरियो हुने र हरियो चुरा लगाउनाले हरियो घाँसमा भेटिने हुनाले हरियो चुरा लगाएकी कस्मेटिक पसल चैनपुरका मनिषा श्रेष्ठबताउँछिन् ।  साउन महिना लाग्ने बितिकै

आफ्नो पसलमा ग्राहकहरुको संख्या ह्वात्तै बढेको चुरा व्यापारी अनिता श्रेष्ठको भनाइ छ । 

चुराको मूल्य प्रति दर्जन ३० रुपैया बिक्रि हुने गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!