भरिँदै पर्वतको भुक देउराली

Posted on: 03 Jun, 2020


पर्वत । एकनासे ढुंगाले छाएका  र  एउटै  रातोमाटो र कमेरोले लिपिएका  घर गाउँका सडक भरि ढुंगाको छपनी बिछ्याएर बनाइएको रेलिङ सहीतका  सिंढी  र ठाउँ–ठाउँमा , फोहोर फाल्ने ड्रम चटट् परेको भुक देउराली जिल्लाकै नमुना वस्ती हो ।  पछिल्लो समय यस गाउँ सफा वातावरण , मिलेको बस्ती र गाउँवासीको  अर्गानीक आतिथ्यताले  पर्यटकीय गाउँको  रुपमा स्थापीत बन्दै गएको  छ । विकसित सहरका जस्ता सार्वजनिक शौचालय  र धूलो नउडने ढलान सहीतको सडक  रातैभरि उज्यालो हुनेगरी सडकबत्ती  सरसफाई युक्त  घरआँगन र बाटोघाटो  यसका गाउँका विशेषता हुन । गाउँ छाडेर विदेशीएका स्थानीयको जागरुकता पनि गाउँले अहीले परिवर्तन पाएको  छ । 

 गाउँको  सीरान भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भईरहेको वस्तीमा आगन्तुकहरुको आक्रषणको रुपमा रहेको हो । गाउँ छाडेर देश–विदेशमा रोजगारीका लागि पुगेका स्थानीयले आफ्नो जन्म ठाउँलाई ‘नमूना’ बनाउने अभियानको  स्वरुप अहीले गाउँको मुहार फेरीएको हो । नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार   गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको  जनाउँदै  २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ    ।   वस्तीभरी ४९ सडक बत्ती र ४ सार्वजनिक शौचालय बनाइएको  छ ।  गाउँमा उत्पादन हुने  खाध्यन्न र तरकारी लगायतको उत्पादनले गाउँमै बजार पाउन थालेको हो । गाउँमा आगन्तुहरु भरीन थालेपछि गाउँ छाडेर बाहीरीएकाहरु पनि भित्रीन थालेका छन । स्थानीयका अनुसार  अभियानसँगै होमस्टे सञ्चालनमा आउन थालेपछि अहीले वस्ती भरीने क्रम बढेको हो ।

बाइट...

 गाउँलेहरु सबै किसिमका पूर्वाधार सम्पन्न बनाएर नमूना बनाई गाउँलाई पर्यटकीय केन्द्रसमेत बनाउने योजनामा स्थानीय तल्लीन छन्। सुरुमा १० घरले सञ्चालन गर्ने योजना छ। अहिले गाउँमा दुईवटा होटल सञ्चालनमा छन्।।  भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा करिब तीन दर्जन घर गुरुङ समुदाय र अधिकांश दलित समुदायका छन्  सबै जसो घरमा होमस्टे सञ्चालन गरीएपछि गाउँको उत्पादनले बजार पाउँदा खेती वारी समेत खनजोतमा गाउँलेहरु लागेका हुन । गाउँमा सम्भावना नदेखेर वस्ती नै खाली हुने प्रचलन बढीरहेको पर्वतमा  भुक देउराली गाउँ भने  वस्ती बाक्लीन थालेको छ । अभियान कै कारण अहीले गाउँ छाडेकाहरु फर्कीन थालेका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!