एकैदिन थपिए ३३४ जना कोरोना संक्रमित, नयाँ संक्रमित कहाँ-कहाँका ?

Posted on: 04 Jun, 2020

जेठ २२, काठमाडौं । नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

नेपालमा हालसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् । 

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको हो ।  पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । 

आज संक्रमित कहाँ-कहाँका ? 

दैलेख - ११३ जना

बाँके - ४२ जना

कपिलवस्तु - २९ जना

मोरङ - २ जना

पर्सा १ जना

झापा - ५ जना

ताप्लेजुङ - १ जना

सप्तरी - १३ जना

बारा - ७ जना

सिन्धुली - १ जना

म्याग्दीका - १ जना

बागलुङ - १० जना

पर्वत - ४ जना

स्याङ्जा - १ जना

डोटी - ३ जना

दाङ - १५ जना

मुगु - १ जना

खोटाङ - ३ जना

बारा - ५ जना

धनुषा - ६ जना

महोत्तरी - ३ जना

रौटहट - ६४ जना

सर्लाही - ३ जना 

यस बिषयमा तपाइको प्रतिक्रिया...!