बझाङमा २६ बर्षिय युवकमा कोराना संक्रमण पृष्टी

Posted on: 05 Jun, 2020

सम्राट सिंह | जेठ २३, बझाङ | जेठ १५ गते भारतको दिल्लीबाट बझाङ आएका बझाङको बित्थड चिर गाउँपालिका ७ बस्ने एक युवकको कोरोना संक्रमण पुष्टी भएको छ । 

भारतबाट आएर गाउँपालिकाको व्वारेन्टाइनमा बस्दै आएका २६ बर्षिय युवकमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।

भारतबाटसँगै आएका परिवारमा आमा र बच्चाको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको तर ती युवकको रिर्पोट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । संगैका १३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा रिपोर्ट नेगेटिभ आएको तर एक जनामा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि उनलाई डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ ।   जिल्लामा एक युवकमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्लाबासी त्रसित भएका छन ।

पछिल्लो समयमा रोजगारीका लागि भारत गएका बझाङबासी जिल्ला भित्रिनेक्रम बढदो छ । यसरी जिल्ला भित्रिएका कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्ने गरेका छन भने कतिपय मानिसहरु सिधै घर जाने गरेका छन ।

कोरोना भाइरसको संक्रमणले विश्व नै थला परिरहेका बेला बझाङमा भने भारतबाट मानिसहरु गृह जिल्ला सम्म ल्याउन राजनितिक प्रतिश्पर्धा नै चलेको छ । 

यसरी कोरोना भाइरसको संक्रमणमा पनि राजनितिक रंग दिइन्छ भने भोली बझाङमा पनि महामारीको रुप नलेला भन्न सकिन्न । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!