काठमाडौंका सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

Posted on: 06 Jun, 2020

जेठ २४,काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । हालसम्म कोरोनका कारण १३ जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!