नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

Posted on: 07 Jun, 2020

जेठ २५, काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। 

बितेको २४ घण्टामा विवरण अनुसार २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण देखिएको उनले बताए । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!