आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on: 08 Jun, 2020

जेठ २६, काठमाडौँ | हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश१ र कार्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

मौषम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशहरुमा सामान्य बदली  तथा बाँकी  प्रदेशका भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै आज राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। 

जेठ २८ गते (बुधबार)

दिउँसोः देश भरि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १, बागमती ,गण्डकी प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश,  तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। 

मौषम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!