कर्णालीमा थपिए १६ जना कोरोना संक्रमित

Posted on: 08 Jun, 2020

जेठ २६, काठमाडौँ | कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको गुराँस गाउँपालिका-४ र डुङ्गेश्वर गाउँपालिकाका दुई/दुईजना पुरुष रहेका छन् भने नारायण नगरपालिका वडानम्बर ३, ६, नौमुले गाउँपालिका-१,७, ८ र आठबीस नगरपालिका-७ का एक/एकजना पुरुष रहेका छन् ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका-२ र ३ वडाका तीनजना पुरुष, कुमाख गाउँपालिका १ र ३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका-१० का युवक हुन् ।

थपिएका १६ जनासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!