कालीकोटमा टिपर दुर्घटना, ३९ जना सवार टिपर कर्णालीमा खस्यो

Posted on: 10 Jun, 2020

२८ जेठ, काठमाडौं। सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर  बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।

हालसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए । सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए । 

सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।  ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, उनले भने 'अरु विवरण आउने क्रममा रहेको  छ ।’दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!