नेपालमा कोरोना अपडेट: संक्रमित ४ हजार ३६४ पुगे

Posted on: 10 Jun, 2020

जेठ २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । 

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  योसँगै नेपालमा कोरोनाबाट संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको छ । 

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

नेपालमा हालसम्म १ लाख १० हजार ७४४ जनाको पिसिआर बिधिबाट परीक्षण भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!