काठमाडौं उपत्यका भित्रिन र बाहिरिन अबदेखि स्थानीय तहको सिफारिस अनिवार्य

Posted on: 14 Jun, 2020

जेठ ३२, काठमाडौं। सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गरेको छ ।  गृह मन्त्रालयले अबदेखि काठमाडौंबाट बाहिर जानको लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरिएको हो । गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ । त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!