असार ७ गते सूर्यग्रहण, कुन-कुन राशि भएकाले हेर्न मिल्ने ?

Posted on: 15 Jun, 2020

असार १, काठमाडौँ | नेपालबाट असार ७ गते सूर्यग्रहण देखिदैछ । यो ‘वलय सूर्यग्रहण’ हो तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । 

नेपालमा विहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ । 

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेषराशि, सिंहराशि, कन्याराशि तथा मकर राशीभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरूका अनुसार सूर्यग्रहण जुनसुकै राशि भएकाहरुले सुरक्षित तरिकाले हेरेमा कुनै असर हुँदैन ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन तर सूर्यग्रहण नांगो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने हुन्छ, त्यसैले सावधानी अपनाउनु पर्ने खगोलविदहरु बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरु सूर्य, चन्द्र र पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् ।

यो ग्रहण निकै दुर्लभ र विशेष महत्वको रहेको बताइएको छ । यस्तो बताइएको छ कि यो ग्रहणको समय जो खगोलीय स्थिति बन्दैछ, त्यो ९०० बर्षपछि हुँदैछ । तर यसलाई लिएर अलग-अलग मत प्रकट भएका छन्, तर सबैले यसलाई अत्यन्त महत्वपूर्ण घटना बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!