ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

Posted on: 16 Jun, 2020

असार २, सिञ्जा। जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।

जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्र्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

ट्र्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । ट्र्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!