आरडीटी परीक्षण पोजेटिभ आए लगत्तै क्वारेन्टिनमा रहेका पुरुषद्वारा आत्महत्या

Posted on: 17 Jun, 2020

असार ३, अर्घाखाँची | अर्घाखाँचीको क्वारेन्टिनमा रहेका एकजना पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको सितगंगा नगरपालिका वडा नं ५ का ४३ वर्षीय पुरुषले आरडीटी परीक्षण पोजेटिभ आए लगत्तै क्वारेन्टिन नजिकै आत्महत्या गरेका हुन् ।

जेठ १४ गते भारतको पञ्जाबबाट आएका उनलाई स्थानीय हरि माविको क्वारेन्टिनमा राखिएको थियो । उनको जेठ २४ गते स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट अझै आइनसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताए । 

क्वारेन्टिनबाट बाहिर निस्केर बिहान करिब ३ बजेको समयमा उनले झुन्डिएर आत्माहत्या गरेको बुढाथोकीले जानकारी दिए ।

गुल्मीमा पनि केही दिनअघि एक जनाले भारतबाट आएकै दिन आत्माहत्या गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!