नेपालमा कोरोना संक्रमित एकैदिन ५८६ जना थपिए, आज संक्रमित कहाँ-कहाँका ?

Posted on: 17 Jun, 2020

असार ३, काठमाडौँ | कोरोना संक्रमित हरेक २४ घण्टाको अपडेटमा आज हालसम्मकै उच्च ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बुधबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा आजसम्मको कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको जनाए ।

पछिल्लो २४ घण्टामा संक्रमित कहाँ-कहाँका ? 

बुधबार संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

निको हुनेहरु

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ९ जना डिस्चार्ज भएका छन् । महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा हालसम्म निको हुनेको संख्या १ हजार १६७ पुगेको छ ।

परीक्षण विवरण

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५४३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा १० हजार २४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७९८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९९० जना रहेका छन् ।

मृत्यु विवरण 

आजसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । तथ्यांक अनुसार अर्घाखाँचीका २, बारा २, गुल्मी २, बाँके २, बाजुरा १, ललितपुर १, सिन्धुपाल्चोक १, दोलखा १, डोल्पा १, पाल्पा १, दैलेख १, सुर्खेत १, पर्सा १, कैलाली १, स्याङ्जा १ र चितवनमा १ जना छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!