काठमाडौँका ५०० विद्यार्थी तथा मजदूरलाई सहयोग

Posted on: 17 Jun, 2020

असार ३, काठमाडौँ |  हाम्रो टिम नेपाल र काठमाडौँका केहि विद्यार्थी तथा मजदूरहरु मिलेर सहयोगको काम गरेका छन् । कोरोना संक्रमणको महामारीको अवस्थामा उनिहरूले काठमाडौँको कलंकीमा करिब ५०० विद्यार्थी र मजदूरहरुलाई खानेकुरा तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।

सहयोगीदाताहरुले ७०० थान मेडिकल मास्क, ५० कार्टुन पानी, ४०० पिस बिस्कुट र ६ थान सेनिटाइजर बितरण गरेका छन्। सहयोगी कार्यक्रमको संयोजन गरेका अनिल बाँनियाका अनुसार रातको समयमा गरेको उक्त राहत वितरणको कार्यक्रमबाट करिव ५०० को हाराहारीमा विद्यार्थी तथा मजदुरहरु लाभान्वित भएका छन् । काठमाडौँबाट मुगु स्थित गाँउमा जान हिडेका खत्याड गाँउपालिका, मुगुका विद्यार्थी र मजदूरहरुले उक्त सहयोग गरेका हुन् ।

सहयोगीहरुमा मुगु घर भइ काठमाडौँ कपन बस्ने अनिल बाँनियाको नेतृत्वमा हाम्रो टिम नेपाल, संखुप्रसाद जैँसी, वेद रेग्मी, अनिल डंगोल, समिर श्रेष्ठ, सरोज सुनार, साओन मगर, दिपक बाँनिया, मनोज शाही, बिष्णुदत्त आचार्य, उपेन्द्र बाँनिया, बिदाक्ष्मी आचार्य, धर्मेन्द्र बुढा लगायत रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!