संखुवासभामा वर्षातका कारण सडक भत्कीदा सुत्केरीलाई सास्ती

Posted on: 22 Jul, 2016

योगेन्द्रकुमार जोगी/साउन ७, संखुवासभा । जिल्लाको बाह्रबिसे, धुपुमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा महिला सुत्केरी लगायत अन्य बिरामीलाई सदरमुकाम खादबारी अस्पताल पु-याउन ठूलै सास्ती भोग्नुपरेको छ । 

सुत्केरीलाई धुपुबाट करिब तीन चार घन्टा लामो बाटोमा स्ट्रेचरमा बोकी खादबारी अस्पतालसम्म लैजानु पर्ने बाध्यता छ । केहीदिन अघिमात्र भक्ती प्रसाद दाहालको बुहारीलाई सुत्केरी बेथाले

च्यापो हतार हतार गाउँमा गएर मान्छे बटुलेर अस्पताल लगे । 

'यदि सवारीसाधन यहाँ आउने भए यति ठूलो समस्या हुने थिएन्' उनले दुखेसो । बिरामी लगायतअन्य कामकाजका लागि समेत सदरमुकाम धाउनुपर्दा धरै कष्ट भोग्नुपरेको स्वास्थ्य चैकी धुपुका

इन्चार्ज दिपा पोखरेलले बताइन साँघुरो र लामोबाटामा बिरामीलाई बोकेर सदरमुकाम लैजानुपर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउनु परेको उनी बताउँछिन् ।

जिल्लामा निर्माण भएका सबै ग्रामीण सडकमा नालीको व्यवस्थानहुँदा वर्षात्मा बिग्रने गरेको कालिका प्रथामिक बिध्यालयका अध्यक्ष बिन नारायण श्रेष्ठको भनाइ । अर्कोतिर पाङठा पाङमा खोला दोभानमा निर्माणाधिन पक्की पुल अलपत्र हुदा पनि यति ठूलो समस्या आएको स्थानीयको बुझाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!