मङ्गलबार बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on: 23 Jun, 2020

असार ९, बझाङ । विश्वव्यापि महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड-19) को सङ्क्रमण बझाङमा पनि देखिएको छ ।

मङ्गलबार मात्रै जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० मा १८ जनामा कोरोना सङ्क्रमण पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये तीन जना महिला र १५ जना पुरूष रहेका छन् ।

त्यस्तै थलारा गाउँपालिका वडा नम्बर ४ मा एकजनामा कोरोना सङक्रमण पुष्टि  भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

यस अघि सोमबार बुङ्गल नगरपालिकाको वडा नम्बर ७ मा एक जना र वडा नम्बर १० का २ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

COVID-19 सङ्क्रमण देखिनेहरुमा १ जना ६ बर्ष को बालिका सहित २१, २३ गरि ५० बर्ष सम्म उमेर समुहका रहेका छन् उक्त सङ्क्रमित हरुमा सबैजसो भरतको दिल्लिबाट आउनेहरु देखिएको अधिकारीहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!