आज थप ४६३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १२७७२ पुग्यो

Posted on: 28 Jun, 2020

असार १४, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

आज मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आज नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ। 

बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएका छन्।

त्यस्तै कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!