कञ्चनपुरमा सर्पले डसेर पाँच वर्षीया बालिकाको मृत्यु

Posted on: 29 Jun, 2020

असार १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ । 

 सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो । 

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पु¥याइएको उहाँले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!