काठमाडौं उपत्यकाका ८ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

Posted on: 29 Jun, 2020

असार १५, काठमाडौं । काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता  गौतमले जानकारी दिए । बितेको २४ घण्टामा नेपालमा थपिएका संक्रमित मध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए । 

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ । 

थप एकको मृत्यु

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो । 

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!