पर्वतमा पनि सलह किरा भेटियो

Posted on: 29 Jun, 2020


पर्वतको महाशीला गाउँपालिकावाट प्रवेश गरेको सलह अहिले जिल्लाभरीनै फैलिएको छ । ५÷७ वटा समुहमा रहेको सलह पर्वतमा प्रवेश गरेको हो ।

हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलहको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

महाशीलामा मकै, धान र कोदोको विऊ खाँदै गरेको अवस्थामा भेटिएको सलह दिउँसो त्यहाँबाट उडेर अन्यत्र सरेको हो । त्यस्तै साँझपख कुश्मा नगरपालिका वडा नं. ९ वितलबमा पनि केहि मात्रामा मकैवालीमा देखिएको थियो ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार सल ५÷६ वटा समुहमा पर्वत र बागलुङमा प्रवेश गरेको छ । अहिलेसम्म कुनैपनि स्थानमा क्षति नपु¥याएको र वन तथा डाँडाकाडाँहरुमा बसेको पाईएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उनका अनुसार पर्वत र बागलुङ दुवै जिल्लाका स्थानीय तहका कृषि प्राविधिक, सवै प्रहरी तथा सुरक्षा निकायमा सलह प्रवेश गरेकाले सचेत हुन र नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पु¥याउन नपाउने उहाँले बताउनुभयो । अहिले महाशीलामा बाहेक अन्यत्र वालीनालीमा पसेको खवर नआएको उहाँको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!