पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध

Posted on: 23 Jul, 2016

योगेन्द्रकुमार जोगी | संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षासंगै लेगुवा-भोजपुर सडक खण्ड अन्तरगत तिवारीभञ्ज्याङ ५ र भोजपुर नगरपालिका २ भैसीपङखामा विहान पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्दाजी १५ देखि २० मिटर जति सडक ढुङा माढोले पुरिनुकासाथै रुखसमेत ढलेर यातायात अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटाई सकीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!