नहरमा हामफालेका युवकको शव फेला

Posted on: 04 Jul, 2020

असार २०, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ । 

हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताउनुभयो । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

चौधरीसँगै नहरमा हामफेकी  १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!