असार २३, काठमाडौँ | नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!