उद्धार उडानमा संलग्न निगममा थप ४ जना कोरोना संक्रमित, असार २८ पछि उडान स्थगित

Posted on: 08 Jul, 2020

असार २४, काठमाडौँ | उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो ।

निगमको संचालक समितिका एक सदस्यका अनुसार, एक जना वाइडबडीका कोपाइलट, दुई जना एयरहोस्टेस र एक जना फ्लाइट–डिस्प्याचर छन् । यी चारजना सहित निगमका कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ । यसअघि सोमबार र मंगलबार गरी नौं जनामा संक्रमण पुष्टि भइसकेको छ ।

असार २८ सम्म उद्धार उडान तालिका भएको निगमले त्यसपछिका उडान स्थगन गर्ने निणर्य गरेको छ । उडानकर्मीमा संक्रमण बढ्दै जान थालेपछी निगमले थप उडान नगर्ने भएको हो । निगमले हाल आफ्ना चारवटा जेट विमानलाई नेपालीहरुको उद्धार उडानमा लगाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!