जङ्गली च्याउ खाँदा रुपन्देहीमा चार बिरामी

Posted on: 11 Jul, 2020

असार २७, रुपन्देही । रुपन्देहीको  रोहिणी गाउँपालिका –१ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।  शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र  १० वर्षीय  समिर अन्सारी बिरामी भएका हुन् । 

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र  सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो । च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि  उपचारका लागि अस्पताल ल्याइएको थियो ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!