सङ्खुवासभाको सिसुवामा पहिराले ७ घर बगायो : ११ बेपत्ता

Posted on: 12 Jul, 2020

असार २८,खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको  गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । 

पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ ।  अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताउनु भयो । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!