असार २८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा १४७ संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको डा. गौतमले जानकारी दिए ।
हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!