कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, एकै दिन १७ सय बढी निको भए

Posted on: 13 Jul, 2020

असार २९, काठमाडौँ | गत २४ घण्टामा नेपालमा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । 

आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । 


स्वास्थ्य मन्त्रालयको अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । आज थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!