मध्यपहाडी लोकमार्गमा फेरी खस्यो पहिरो

Posted on: 14 Jul, 2020

पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको कुस्मा–२ खुर्कोटस्थित खण्डमा मंगलबार फेरि पहिरो खसेको छ । अर्मादीनजिकै खसेको पहिरोले बिहानैदेखि सवारीसाधन रोकिएका छन् । । लोकमार्गको पर्वत खण्ड मनसुन सुरु भएसँगै दैनिकजसो अवरुद्ध हुन थालेको छ । असारयता कुस्मा नगरपालिकाका सहस्रधारा, नयाँपुल, चुवा, दोबिल्ला तथा मोदी गाउँपालिकाको डिमुवा, तिलाहारलगायत स्थानमा दैनिकजसो पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझदेखिको झरी नरोकिएपछि अर्मादीको रिठेखोलानजिकैको घुम्तीमा पहिरो खसेको हो । सडक चौडा पार्न करिब सय मिटर माथिदेखि भत्काइएको पहरोबाट ढुंगासहितको पहिरो खसिरहेको प्रहरी निरीक्षक मनीष श्रेष्ठले बताए । ‘अहिले पनि पहिरो खसिराखेको छ,’ उनले भने, ‘खस्न रोकियो भने खुलाउने काम सुरु गर्छौं ।’ रिठेखोलामा ठूलो बाढी आएकाले सडक खुले पनि साना सवारी सञ्चालनमा समस्या हुने ट्राफिक प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको यो खण्ड एकतर्फी मात्रै सञ्चालनमा थियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!