विश्वमा कोरोना भाइरस संक्रमित ७८ लाख ७६ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

Posted on: 15 Jul, 2020

 असार ३१, (रासस/एएफपी) । विश्वमा कोरोना  भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् ।

बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८१ हजार ९६८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।  

हाल विश्वभरमा ५० लाख २८ हजार ७७५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ५९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३५ लाख ४८ हजार २१३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९३ हजार २४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८ हजार ३९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५४  हजार ६८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८९ हजार २४ जनाको मृत्यु भएको छ । 

युरोपमा २६ लाख ७ हजार ५२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ४८० को मृत्यु भएको छ । एसिया ३० लाख ८९ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७३ हजार ११० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८०७ जनाको मृत्यु भएको छ ।  ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!