नेपालमा काेराेना सङ्क्रमणबाट आज थप एक जनाकाे मृत्यु

Posted on: 15 Jul, 2020

असार ३१, काठमाण्डाै । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट आज थप एक जनाकाे मृत्यु भएकाे छ । 

कोरोना सङ्क्रमण पुष्टि भएका रौतहटको परवाह नगरपालिका ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका दाजुको अन्तिम संस्कारको लागि भारतको बेङ्गलाेर गएर २५ गते घर फर्किएर क्वरेण्टीनमा बसेका पुरुषमा असार २९ गते रुघाखोकी लागेपछि उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ३९ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!