बेपत्ता इञ्जिनीयरको शव फेला

Posted on: 15 Jul, 2020

असार ३१, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो  दुई जना बेपत्ता भएका थिए ।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । 

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको  पनि उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!