सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

Posted on: 16 Jul, 2020

साउन १, सिन्धुपाल्चोक। गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । 

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का  छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!