पछिल्लो २४ घण्टामा एक सय ६७ जना कोरोनाका सङ्क्रमित थपिए, २१३ जना डिस्चार्ज

Posted on: 16 Jul, 2020

 साउन १, काठमाण्डाै । बितेको २४ घण्टामा थप एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक सय ६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ मात्रै रहेको छ ।

बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!