गत २४ घण्टामा १०१ जना संक्रमित, ६६.१२ प्रतिशत संक्रमित निको भएर फर्किए

Posted on: 17 Jul, 2020

साउन २, काठमाडौँ | गत २४ घण्टामा १०१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेका छन । 

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितमध्ये ६६.१२ प्रतिशत कोरोना संक्रमित भई निको भएका छन् । पछिल्लो २४ घण्टामा २८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

हाल भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा कुनै सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । 

शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!