साउन २, काठमाडौँ | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका केही भागमा भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले अहिलेसम्मको पूर्वानुमान अनुसार त्यस अवधिमा मुलुकका अधिकांश ठाउँमा पानी पर्ने जनाएको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र कतिपय ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
बिभागले केही नदीले सतर्कता तहसमेत पार गर्ने सम्भावना रहेको जनाएको छ । प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास भएका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सर्वसाधारणलाई समयमै पूर्वतयारी गरि चनाखो हुन आग्रह गरेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!