कतारबाट आज थप दुई उडानमार्फद ३०५ जना नेपाली स्वदेश फर्किए

Posted on: 19 Jul, 2020

योगेन्द्र योगी | साउन ४,  दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट दोश्रो चरणको पहिलो दुई उडान मार्फद आज ३०५ जना नेपाली स्वदेश फर्किए  छन् । 

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा ३ जना महिलासहित १४९ जना रहेका छन् भने अर्को  हिमालय एयरलाइन्सको जहाजमा ५ जना महिलासहित १५६ जना रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् । 


यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि नेपाल एयरलाइन्सको उडानमा २ वटा नेपालीको शव पनि स्वदेश पठाइएको सचीव भट्टराईले बताए । 

यस्तै सोमबार हिमालय तथा नेपाल एयरलाइन्सले उडान गर्ने दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!