आज थप १ सय ५६ जना कोरोना संक्रमित

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौँ | पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकभरका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणको नतिजा अनुसार पछिल्लो २४ घन्टामा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बताएका छन् । यो संगै  नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

प्रदेश अनुसार:

प्रदेश नम्बर १: ८३० जना 

प्रदेश नम्बर २: ४५५१ जना

वाग्मती प्रदेश: ८५६ जना 

गण्डकी प्रदेश: १३८१ जना 

प्रदेश नम्बर ५: ४१७२ जना 

कर्णाली प्रदेश: १८१४ 

सुदूरपश्चिम प्रदेश: ४०५४ जना

अहिले देशका विभिन्‍न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

हाल देशभरीका क्‍वारेन्टाइनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!