बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

Posted on: 21 Jul, 2020

साउन ६, पाचथर | गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उहाँहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उहाँहरु आपतमा पर्नुभएको थियो ।

साँझमा बाढीमा फस्नुभएका उहाँहरुलाई राति सकुशल उद्धार गरिएको थियो । रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उहाँहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!