मंगलबारको मौसम पूर्वानुमानः यी स्थानहरु जहाँ भारी वर्षा हुँदैछ

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल देशभर सामान्य देखि  पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । 

मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानमा मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ । 

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ । र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै   सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सुस्ता र आसपास डुबानको उच्च जोखिम

आज मंगलबार पनि देशभर मनसुन सक्रिय रहेका कारण वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तह माथि हुने र नवलपरासीको सुस्ता र आसपास डुबानको जोखिम रहेको जनाएको छ ।

त्यस्तै, कोशीमा जलस्तर खतरा नजिक हुने, कन्काई, कमला, तिनाउ र पूर्वी राप्तीमा सतर्कता आसपास हुने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले बताएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!