नेपालमा कोरोना संक्रमित १७ हजार ९९४ जना, ६९.३४ प्रतिशत निको भए

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौं । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् ।  

१२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको छ । 

यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!