नवलपरासीमा के-के भयो आजको विप्लव नेतृत्वको बन्दमा ?

Posted on: 25 Jul, 2016

साउन १०, नवलपरासी । नेकपा माओवादी विप्लव नेतृत्वले आज गरेको बन्दको प्रभाव नवलपरासी लगायत देशभर नै परेको छ । बिहान बाटै बन्दको प्रभाव देखिएको नवलपरासीमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । बन्द गराउँदै हिडेका र एक मोटरसाइकल तोडफोड गर्न खोज्ने ६ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले साझासबाललाई जानकारी दिएको छ।  



कासावोती नगरपालीकाका शुशिल बिकको मोटरसाइकल तोडफोड गर्न खोज्नेहरुलाई कावासोती १६, डण्डा बाट पक्राउ गरीएको हो । पक्राउ पर्नेमा दिल वहादुर विक , जनक कुमाल , शिव डुम्रे , विर वहादुर थापा , माधव के.सी. रधनसीहं ठगुन्ना रहेका छन् । साथै नवलपरासीको अन्य ठाउँमा अन्य कुनै घटना नभएको प्रहरीले जनाएको छ । 

यसैविच साझं वजे वाट बन्द खुलेसंगै जनजिवन सामान्य वनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!