भोलीदेखि जोर-बिजोर लागू हुन्छ कि हुँदैन ?

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौँ | बुधबारदेखि सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । 

लामो समयको लकडाउन खुकुलो गर्दै सरकारले केहि समय अघिदेखि जोर-बिजोर प्रणालीमा निजि सवारी संचालनको अनुमति दिएको थियो । तर मन्त्रीपरिषदको वैठकले उक्त प्रणालीलाई अन्त्य गर्दै भोलीदेखि जोर-बिजोर सबै निजि सवारी संचालनको अनुमति दिएको छ । यस अघि सार्वजनिक सवारी साधन संचालन गर्न पनि सरकारले अनुमति दिईसकेको अवस्थामा यातायात व्यवसायीका बिभिन्न मागका कारण अधिकांस सार्वजनिक यातायात भने गुडेका छैनन् । यातायात व्यवसायीले बिहिबार (पर्सि) देखि सार्वजनिक यातायात संचालन गर्ने जनाएको छन् । 


त्यस्तै सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री खतिवडाले भने, 'सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।' उनले लामो दूरीको यातायात भने भदौ १ बाट चल्ने बताए । 

सवारी संचालन गर्दा स्वास्थ्य सुरक्षा अपनाउन पर्ने सरकारी निर्देशन छ । त्यस्तै सरकारी कार्यालयहरु पनि नियमित रूपमा स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!